इटहरी ।  नेपाली बजारमा आज (मंगलबार) पनि सुन चाँदीको भाउ ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला ६ सय रुपैयाँले घटेर १ लाख ४९ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । पुस १४ गते आइतबार सुन प्रतितोला १ लाख ५० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।

आज चाँदीको भाउ तोलामा २५ रुपैयाँले घटेर १७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । पुस १४ गते आइतबार चाँदी तोलामा १७ सय ९० रुपैयाँमा किनबेच भएको थियो । गएको बिहीबार प्रतितोला ६ सय, शुक्रबार चारसय र आइतबार पाँचसय रुपैयाँ घटेको सुनको मूल्य आज पनि प्रतितोला ६ सय रुपैयाँ घटेको हो । गएको आइतबार सुनको मूल्य प्रतितोला एक लाख पचास हजार दुई सय रुपैयाँ थियो ।