इटहरी डेस्क । एएफसी महिला एसियन कप छनोटको समुह चरणमै नेपाली राष्ट्रिय महिला फुटबल टोली टुंगिएको छ। उज्बेकिस्तानसँगको रोमाञ्चक खेलमा टाइब्रेकरमा ४–२ ले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो। निर्धारित समयको खेल ३–३ को बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरमार्फत लिइएको थियो।

पहिलो हाफमा ३–१ ले पछि परेको नेपालले दोस्रो हाफमा दुई गोल फर्काउँदै खेललाई बराबरीमा ल्यायो। कप्तान सावित्रा भण्डारी साम्बाले दुई गोल गर्दै टोलीलाई पुनः खेलमा फर्काइन्, भने उनले नै साम्बाले ह्याट्रिक पूरा गरिन्। टाइब्रेकरमा गीता राना र सविता रानामगरले गोल गरे पनि सावित्रा र गोलकिपर अञ्जना राना मगर असफल भइन्।

खेलको सुरुवातमै उज्बेकिस्तानले दुई गोल गर्दै अग्रता बनाएको थियो। पेनाल्टीमार्फत तेस्रो गोल थपेपछि नेपाल दबाबमा परेको थियो। उज्बेकिस्तानकी एक खेलाडी रातो कार्ड पाएर बाहिरिए पनि नेपाल अन्तिम समयमा गोल थप्न असफल रह्यो।