इटहरी । गछिया जेसीज र सुन्दरदुलारी उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा ३७ पिण्ट रगत सङ्कलन भएको छ । 


विराट टिचिङ मेडिकल कलेजको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राष्ट्रियसभाका पूर्व सदस्य रमेशजंग रायमाझी रहेका थिए । 


गछिया जेसीज र सुन्दरदुलारी उद्योग वाणिज्य संघले हरेक वर्ष दशैंको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्ने गरेका छन् ।