गोठगाउँः राष्ट्रिय महिला फुटबल खेलाडी अनिता बस्नेत र हीराकुमारी भुजेल सुन्दरहरैंचाको गोठगाउँमा आयोजित एक कार्यक्रममा सम्मानित भएका छन् । 


एनएनसीसी कलेजको ३० औँ वार्षिकोत्सवको अवसरमा गत साता आयोजित कार्यक्रममा उनीहरुलाई सम्मानपत्र प्रदान गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल बप्तिस चर्च काउन्सिलका अध्यक्ष राजेन्द्र मल्ल थिए । कार्यक्रममा राष्ट्रिय गानका रचयिता व्याकुल माइला तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व उपाध्यक्ष पीताम्बर तिम्सिनाले शुभकामना मन्तव्य राखेका थिए। 


शङ्कर रसिकले स्वागत मन्तव्य राखेको कार्यक्रमको सभापतित्व नेपाल बप्तिस युवा संगतिका अध्यक्ष डेभिड राईले गरेका थिए। नवल सिवाकोटीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिको उपस्थिति रहेको थियो ।