काठमाडौ । नेपाली टोलीका सदस्य शरद भेषवाकरले अन्तरराष्ट्रिय क्रिकेट खेलबाट सन्यास लिएका छन् । हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताका लागि कप्तानका रुपमा हङकङ पुगेका भेषवाकरले सोही प्रतियोगिताबाट सन्यास लिएको घोषणा गरेका हुन् ।
आफुले अन्तर्राष्ट्रिय प्रतियोगिताबाट सन्यास लिनेबारे भने उनले यसअघि नै जानकारी दिएका थिए । भेषवाकरले दुई दशकभन्दा लामो समय नेपालका लागि अन्तरराष्ट्रिय क्रिकेट खेलमा उमेर समूह हुँदै राष्ट्रिय टोलीको सदस्यको रुपमा क्रिकेट खेलेका थिए । उनले सन् २००४ मा युएई विरुद्धको खेलबाट नै सिनियर राष्ट्रिय टिमबाट डेब्यू गरेका थिए । त्यसअघि उनले सन् २००२ मा नेपाली यु–१५ राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए ।
नेपालले पहिलो पटक सन् सन् २०१४ मा विश्वकप क्रिकेट खेल्दा उनी महत्वपूर्ण सदस्य रहेका थिए ।


















