इटहरी - इटहरीमा सञ्चालनमा आएको नेपाली जुत्ता घर छोटो समयमै ग्राहकहरूमाझ लोकप्रिय बन्दै गएको छ। नेपाली ब्राण्डका जुत्ता–चप्पल मात्र बिक्री गर्ने उद्देश्यले गत असोज २९ गतेदेखि सञ्चालनमा आएको यस जुत्ता घरले सकारात्मक प्रतिक्रिया पाइरहेको सञ्चालकमध्ये एक रुद्र न्यौपानेले जानकारी दिए।

जुत्ता उत्पादक संघ नेपालका अध्यक्षसमेत रहेका सञ्चालक न्यौपानेले नेपाली जुत्ता घरले नेपालमै बनेका उत्पादन गुणस्तरीय र सुलभ दरमा पाइन्छ भन्ने मानक स्थापित गरेको बताए।

“हामी सीमापारबाट तस्करीको बाटो हुँदै आएका जुत्ता–चप्पल तथा विदेशी उत्पादनलाई प्रतिस्थापन गर्दै नेपाली उत्पादन नै प्रयोग गरौँ भन्ने अभियानमा छौँ,” उनले भने, “सुलभ दरमा गुणस्तरीय नेपाली जुत्ता–चप्पल प्रयोग गरौँ भन्ने अभियानमा सबैको साथको अपेक्षा गरेका छौँ।”

FB_IMG_1766805021759

इटहरी–४, आइतबारेस्थित दुर्गा पार्टी प्यालेसको छेउमा सञ्चालनमा आएको नेपाली जुत्ता घरमा चारवटा नेपाली ब्राण्डका उत्पादन उपलब्ध रहेको बीएफ डियर हिल सुजका अनुप भुजेलले जानकारी दिए। उनका अनुसार रन सुज, सुल्याण्ड, फस्टवाक र बीएफ डियर हिल सुजका गुणस्तरीय जुत्ता–चप्पल बिक्रीमा राखिएका छन्।

सबै ब्राण्डका जुत्ताका विभिन्न मोडलमा १५ देखि ५० प्रतिशतसम्म छुट उपलब्ध रहेको पनि उनले बताए।

FB_IMG_1766805003558

हप्ताको सातै दिन बिहान ९ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन हुने जुत्ता घरमा १ हजारभन्दा बढी मोडलका जुत्ता–चप्पल बिक्रीमा राखिएकाले ग्राहकलाई छनोट गर्न सहज भएको फस्टवाक ब्राण्डकी म्यानेजर निरकमला तामाङले जानकारी दिइन्।

उनका अनुसार बच्चादेखि वृद्धसम्म, महिला–पुरुष सबैका लागि उपयुक्त विभिन्न मोडलका नेपाली जुत्ता–चप्पल उपलब्ध भएकाले ग्राहकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ।