लेटाङः लेटाङ रन २०८२ अन्तर्गत हाम्रो लेटाङ विधाको पुरुष स्पर्धातर्फ विनोद राई र महिलातर्फ स्मृति राई पहिलो भएका छन् ।

पुरुषतर्फ लेटाङ– ३ का विनोद राईले ३६ दशमलव २० सकेण्डमा निर्धारित १० किलोमिटर दूरी पूरा गरी पहिलो भएका हुन् । महिलातर्फ लेटाङ– ९ की स्मृति राई निर्धारित १० किलोमिटर दूरी ५१ मिनेट ४० सेकेण्डमा पूरा गरी पहिलो भएकी हुन् ।

यस्तो छ हाम्रो लेटाङतर्फको नतिजा
पुरुषतर्फः
प्रथमः विनोद राई, लेटाङ–३, (समयः ३६ः२०ः००)
दोश्रोः प्रवीण बराइली लेटाङ–३, (समयः ३७ ः १०ः००)
तेश्रोः अमिरहाङ राई लेटाङ–३, (समयः ३७ः२१ः००)
चौथोः आशिष विश्वकर्मा लेटाङ–३, (समयः ३७ः३४ः००)
पाँचौँः विभाग साह

हाम्रो लेटाङ महिलातर्फः
प्रथमः स्मृति राई, लेटाङ–९ (समय ५१ः४०ः००)
दोश्रोः सुहाना राई, लेटाङ–९, (समयः ५४ः०५ः००)
तेश्रोः पूजा राई, लेटाङ–८, (समयः ५७ः४०ः००)
चौथोः नुमा लिम्बू, लेटाङ–३, (समयः ५८ः५२ः००)
पाँचौँः शीतल लिम्बू, लेटाङ–२, (समयः १ घण्टा ४ मिनेट ५० सेकेण्ड)

हाम्रो लेटाङ विधातर्फ लेटाङ नगरपालिकाका बासिन्दाहरुले मात्र प्रतिस्पर्धा गरेका हुन् ।

यस विधातर्फ पुरुष र महिला दुवैतर्फ प्रथम हुनेले ७ हजार, दोश्रोले ४ हजार, तेश्रोले ३ हजार तथा चौथो र पाँचौले १\१ हजार नगद पुरस्कार पाएका छन् ।

हाम्रो लेटाङ विधाका विजेता खेलाडीहरुलाई लेटाङ ३ का वडाध्यक्ष डम्बरबहादुर राईले पुरस्कार प्रदान गर्नुभएको थियो ।