काठमाडौंः पार्टी अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा नेकपा एमालेका नेता कार्यकर्ताहरूले काठमाडौंको माइतीघरमा जम्मा भएर बबरमहलतर्फ विरोध र्याली शुरु गरेका छन् । 


नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै माइतीघरमा प्रदर्शन गरेको आज तेस्रो दिन हो । एमालेका सचिव महेश बस्नेतले माइतीघरमा हुने प्रदर्शनमा सहभागी हुन नेता कार्यकर्तालाई अपिल गर्दै वर्तमान सरकार निरंकुश शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् ।