इटहरी ।  आज भएको प्रतिनिधिसभाको उपसभामुख पदको निर्वाचनमा श्रम संस्कृति पार्टीकी रुबीकुमारी ठाकुर निर्वाचित भएकी छिन् । उनलाई सत्तारुढ दल रास्वपाका साथै नेपाली कांग्रेस र नेकपाले समर्थन गरेका थिए ।

निर्वाचनमा सहभागी २५६ सांसदमध्ये २२९ जनाले रुबीकुमारीलाई मतदान गरेका थिए ।

२२ जना सांसद तटस्थ बसेका थिए ।

२५ वर्षीया ठाकुर श्रम संस्कृति पार्टीको तर्फबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत् विजयी सांसद हुन् ।