सलकपुरः इन्द्रपुर क्रिकेट क्लबको आयोजनामा हिजोदेखि सुन्दरहरंैचा टी–२० कप २०८३ शुरु भएको छ ।
उद्घाटनको दिन भएको पहिलो खेलमा हरैंचा रोयल्सलाई ६ विकेटले हराउँदै विराट वारियर्स विजयी भएको छ । खेलका म्यान अफ द म्याच रोहन श्रेष्ठ घोषित भए ।
हिजै भएको दोस्रो खेलमा भुल्के वारियर्सले गछिया टाइगर्सलाई ७४ रनले पराजित गरेको छ । सो खेलमा प्लेयर अफ द म्याच ज्ञातव्य सुवेदी घोषित भएका थिए ।
सुन्दरहरैंचा नगरपालिकाका प्रमुख केदारप्रसाद गुरागाईँले उद्घाटन गर्नुभएको खेल बैशाख ६ गते समापन हुनेछ ।

















