सलकपुरः इन्द्रपुर क्रिकेट क्लबद्वारा आयोजित सुन्दरहरैंचा टी २० कप क्रिकेट प्रतियोगिताको उपाधि भुल्के वारियर्सले हात पारेको छ ।
पाथीभरा टाइटन्सलाई ३३ रनले पराजित गर्दै भुल्के वारियर्सले उपाधि जितेसँगै शिल्डको साथमा नगद २० हजार प्राप्त गरेको छ ।
फाइनल खेलको म्यान अफ दि म्याच भुल्के वारियर्सका उदय शाह घोषित भए ।
प्रतियोगितामा बेस्ट ब्याटर भुल्के वारियर्सका ज्ञातव्य सुवेदी घोषित भए । बेस्ट बलर भुल्के वारियर्सकै युगान्त बाम्बुले राई घोषित भए ।
प्रतियोगिताको उदीयमान खेलाडी विराट वारियर्सका रोहन श्रेष्ठ घोषित भए । प्लेयर अफ टुर्नामेन्ट पनि भुल्के वारियर्सका ज्ञातव्य सुवेदी नै घोषित भए ।


















