इटहरी । राष्ट्रपति रामचन्द्र पौडेलले बैशाख १७ गते बिहीबार दिउँसो २ बजे संघीय संसद्को बैठक आह्वान गर्नुभएको छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकको सिफारिशमा वैशाख १७ गते बिहीबार दिउँसो २ बजेका लागि राष्ट्रपति पौडेलले दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको हो ।
यसअघिको संसद अधिवेशन चैत २७ गते अन्त्य भएको थियो । अधिवेशन अन्त्य भएको २१ दिनपछि पुनः अधिवेशन आह्वान भएको हो ।


















