धनगढीः कैलालीको घोडाघोडी नगरपालिका–१ सुखड बजारमा रहेको बिबेक रेस्टुरेण्ट एण्ड लजमा मध्यरातमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।
प्रहरीका अनुसार आगलागीमा परेर होटलमा सुतिरहेका डडेल्धुराको आलिताल गाउँपालिका घर भएका मीनबहादुर बोहराको मृत्यु भएको हो । राति पौने १ बजेतिर उनी सुतिरहेको कोठामा आगलागी भएपछि जलेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घोडाघोडी नगरपालिकाको दमकल, प्रहरी र स्थानीयवासीको संयुक्त प्रयासमा आगो नियन्त्रणमा लिइएको थियो ।
मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।


















