काठमाडौंः थापाथलीस्थित सुकम्बासी बस्तीमा डोजरले संरचना भत्काउने क्रममा खानेपानीको पाइप फुटेको छ । खानेपानीको पाइप फुटेपछि बालाजु, माइतीघर र एकान्तकुना क्षेत्रमा खानेपानी आपूर्ति अवरूद्ध हुने भएको छ ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अनुसार फुटेको खानेपानी पाइप मर्मतका क्रममा भल्भहरू बन्द गर्नुपर्ने हुनाले ती क्षेत्रमा खानेपानी वितरण सेवा अवरुद्ध हुने भएको हो ।

थापाथलीस्थित सुकुम्बासी बस्तीका टहरा भत्काउने क्रममा खानेपानीको पाइप फुटेपछि बस्तीमा पानीको भेल बगेको थियो । पानीले सुकुम्बासी बस्तीका बासिन्दाले स्थानान्तरणको लागि पोको पारेका सामान भिजेका छन् ।