काठमाडौंः आज बिहान थापाथलीस्थित सुकुम्बासी बस्तीका टहरा भत्काएको सरकारले अहिले काठमाडौंको गैरीगाउँस्थित नदी किनारका सुकुम्बासी बस्तीमा बनेका संरचना पनि डोजर लगाएर हटाउन शुरु गरेको छ ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र काठमाडौं महानगर प्रहरीसमेतको सहयोगमा गैरीगाउँका सुकुम्बासी बस्तीका संरचना हटाउन थालिएको हो ।
सरकारले वास्तविक सुकुम्बासी पहिचान गरी आवास दिने जनाएपछि थापाथलीस्थित बागमती नदी आसपासका २२ परिवारका सदस्यहरू घरवारविहीन भएको भन्दै सम्पर्कमा आएको बताइएको छ ।
केही सुकुम्बासी डेरा खोजेर सरेका छन् । सरकारको सम्पर्कमा आएकाहरुलाई तत्कालका लागि दशरथ रंगशालामा राखिएको छ ।


















