काठमाडौंः आज बिहानैदेखि सरकारले थापाथलीस्थित बागमती नदी किनारमा सुकुम्बासीले बनाएका टहरा हटाएपछि काठमाडौंको सिनामंगलस्थित बागमती नदी किनारका सुकुम्बासीले आफैँ आफ्ना घरटहरा भत्काउन थालेका छन् ।

बस्ती भत्काउने क्रममा झडप हुन सक्ने आशंकामा आज बिहानैदेखि त्यहाँ सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिति थियो । तर बस्तीमा डोजर चलाउनु अघि नै त्यहाँका सुकुम्बासीले घर टहरा भत्काउँदै सामान ओसार्न थालेका छन् ।

प्रहरीले उनीहरुको सामान ओसार्न सहयोग गरिरहेको छ ।

सरकारले थापाथलीस्थित सुकुम्बासी बस्तीका टहरा हटाइसकेको छ । डेरा नखोजेका तथा खोज्दा पनि नपाएका ६ परिवारलाई सरकारले तत्कालका लागि दशरथ रंगशालामा अस्थायी बासको व्यवस्था गरेको जनाएको छ ।

थापाथलीपछि अहिले गैरीगाउँस्थित बागमती किनारका घर टहरा डोजर लगाएर भत्काउन थालिएको छ ।