इटहरी । सोमबार पार्टी मुख्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संयोजन समितिको बैठकले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को महाधिवेशन ११ देखि १५ मंसिरसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।
केन्द्रीय महाधिवेशनअघि जेठ मसान्तसम्म संघ, प्रदेश, पालिका वडा र जनवर्गीय सङ्गठनहरूको समायोजन गर्ने निर्णय पनि सो बैठकले गरेको जनाइएको छ ।
असार र साउनमा श्रम शिविर र सदस्यता नवीकरण गर्ने, १५ भदौसम्म वडा अधिवेशन, भदौ मसान्तसम्म पालिका अधिवेशन, असोज मसान्तसम्म जिल्ला अधिवेशन र १५ कात्तिकमा प्रदेश अधिवेशन गर्ने कार्यतालिका रहेको बताइएको छ ।


















