इटहरी । जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका हिमाली र पहाडी क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको हुनाले यात्रामा सावधानी अपनाउन अनुरोध गरेको छ ।
जोखिमयुक्त सडकमा रातिमा यात्रा नगर्न तथा साना खोला खोल्सीहरुमा आकस्मिक बाढी आउने र पहाडी क्षेत्रमा पहिरो गई बाटो अवरुद्ध हुन सक्ने हुनाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
मेची नदीदेखि कर्णाली नदीको बीचको भूभागका एक–दुई ठाउँमा एक–दुई घण्टासम्म एकदमै ठूलो पानी पर्ने सम्भावना रहेको हुनाले पानीको राम्रो निकास नभएका ठाउँमा डुबान पनि हुन सक्ने विभागले जनाएको छ ।
विभागले आज कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका जिल्लामा तथा भोलि सात वटै प्रदेशका जिल्लामा मौसमसम्बन्धी जानकारीको लागि अद्यावधिक रहन अनुरोध गरेको छ ।

















