इटहरी । नेपाली कांग्रेसले गत निर्वाचनमा पार्टीको आधिकारिक उम्मेद्वारलाई असहयोग गर्ने ५ जना नेतालाई स्पष्टीकरण सोधेको छ । मंगलबार ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

गत फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारलाई असहयोग गर्ने नेताहरूलाई ५ दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।

यी हुन् स्पष्टीकरण सोधिएका नेताहरू

१. देवकरण प्रसाद कलवार (सन्तु), महासमिति सदस्य, कांग्रेस एवं वनमन्त्री, लुम्बिनी प्रदेश

२. कोशी प्रदेशका सांसद, पूर्वकेन्द्रीय सदस्य एवं मन्त्री प्रदीप सुनुवार,

३. लुम्बिनी प्रदेशका सांसद तथा यातायात तथा पर्यटन मन्त्री प्रचण्ड विक्रम न्यौपाने,

४. लुम्बिनी प्रदेशका सांसद एवम् उपसभापति राजु खनाल

५. मधेस प्रदेशका सांसद जंगीलाल राय,

६. मधेस प्रदेशका सांसद शकुन्ती देवी महरा र

७. मधेस प्रदेशका सांसद कौशल किशोर राय ।