विराटचोकः सुकुना बहुमुखी क्याम्पसको आयोजना तथा सान्वी सिटी हस्पिटल इटहरीको प्राविधिक सहयोगमा बुधबार भएको निःशुल्क स्वास्थ्य शिविरमा एक सय जना लाभाग्राहीले सेवा लिएका छन् ।

सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन गरिएको शिविरमा सर्वसाधारण, स्थानीयवासी, विद्यार्थी, कर्मचारी तथा प्राध्यापकहरूले स्वास्थ्य सेवा लिएका थिए ।

स्वास्थ्य शिविरमा रक्त परीक्षण, इसिजी तथा विभिन्न स्वास्थ्य जाँच सेवा प्रदान गरिएको थियो ।

शिविराम स्त्रीरोग विशेषज्ञ डा. रामविश्वेश्वर शाह, फिजिसियन डा. दीपक चौधरी र जितेश यादवले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।