काठमाडौंः सरकारको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।

सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

सरकारले संवैधानिक परिषद, सहकारी, विश्वविद्यालयलगायत ६ वटा अध्यादेश राष्ट्रपतिसमक्ष पेस गरेको थियो ।