विराटचोकः सुविजीमुर मेमोरियल माध्यमिक सुन्दरहरैंचाद्वारा आयोजित नेतृत्व विकास कार्यक्रम अन्तर्गत इन्द्रपुर जुनियर जेसीजको सहकार्यमा ‘द बोल्ड स्टुडेन्ट’ शीर्षकको तालिम समापन भएको छ ।
सो तालिममा सहभागी विद्यार्थीहरूलाई नेतृत्व क्षमता विकास, आत्मविश्वास अभिवृद्धि, प्रभावकारी सञ्चार कला तथा समूहमा सहकार्य गर्ने सीपसम्बन्धी महत्वपूर्ण ज्ञान प्रदान गरिएको थियो । तालिमका सहभागीले विभिन्न अभ्यास, छलफल तथा अन्तरक्रियात्मक गतिविधिहरूमार्फत् व्यावहारिक अनुभव समेत हासिल गरेको जनाइएको छ ।
कार्यक्रमले विद्यार्थीहरूमा सकारात्मक सोच, जिम्मेवारीबोध तथा नेतृत्व क्षमताको विकास गर्न महत्वपूर्ण योगदान पुर्याएको विद्यालयले जनाएको छ । यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई भविष्यमा सक्षम, आत्मविश्वासी तथा जिम्मेवार नेतृत्वकर्ताको रूपमा विकास हुन प्रेरणा मिल्ने विश्वास लिइएको विद्यालयका प्रिन्सिपल गोविन्द कार्कीले बताउनुभयो ।


















