इटहरी ।  आज विश्वभर अन्तर्राष्ट्रिय नर्सिङ दिवस विभिन्न कार्यक्रमका गरी मनाइँदै छ ।

आधुनिक नर्सिङकी संस्थापक फ्लोरेन्स नाइटिंगेलको जन्म सन् १८२० मे १२ मा भएको थियो । उनको जन्मदिनको अवसर पारेर यो दिवस मनाइन्छ । समाज र स्वास्थ्य क्षेत्रमा नर्सको योगदानलाई स्मरण गर्ने, यस पेशाको प्रवद्र्धन र नर्सहरूलाई सम्मान गर्ने उद्देश्यले सन् १९७४ मा अन्तर्राष्ट्रिय नर्स परिषद्ले यो दिवस मनाउने घोषणा गरेको थियो ।

विश्व स्वास्थ्य सङ्गठनले सेवा र समर्पणको प्रतीक मानिने नर्सहरूको सम्मान गर्न यो दिनलाई विश्व नर्स दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।

रोगबाट निको हुनमा औषधि र उपचारको जति भूमिका हुन्छ उत्तिकै उचित हेरचाहले महत्वपूर्ण भूमिका खेल्छ । त्यस्तो भूमिका खेल्ने क्रममा चौबीसै घण्टा बिरामीको हेरचाहमा डाक्टरभन्दा नर्सहरूले ठूलो जिम्मेवारी हुने गर्छ । उनीहरुको सम्मानमा हरेक वर्ष मे १२ का दिन विश्वभर ‘अन्तर्राष्ट्रिय नर्स दिवस’ मनाइन्छ ।