इटहरी । प्रेस काउन्सिल नेपाल र सार्वजनिक सेवा प्रशारण (पीएसबी) नेपालको अध्यक्ष तथा गोरखापत्र संस्थानको महाप्रबन्धकका लागि दरखास्त आह्वान गरिएको छ ।
सूचना तथा सञ्चार मन्त्रालयले आज सूचना जारी गर्दै यी तीन वटै पदका लागि १८ जेठसम्म आवेदन दिन सकिने जनाएको छ । दरखास्तसम्बन्धी थप विवरण मन्त्रालयको बेवसाइटमा हेर्न सकिने सूचनामा उल्लेख छ ।
सरकारले अध्यादेश ल्याएर पदाधिकारीहरूलाई पदमुक्त गरेपछि प्रेस काउन्सिल र पीएसबी नेतृत्वविहीन भएका थिए । गोरखापत्रको महाप्रबन्धकबाट भने लालबहादुर ऐरी कार्यकाल पूरा गरी बिदा भएका थिए ।
ती रिक्त पदका लागि १२ दिनको समय दिएर दरखास्त आह्वान गरिएको हो ।


















