इटहरी । सरकारले यही जेठ १४ गते इस्लाम धर्मावलम्बीको महान् पर्व बकर इदको अवसरमा सार्वजनिक बिदा दिने भएको छ । सो बिदासँगै जेठ १४ गतेदेखि १७ गतेसम्म ४ दिन सार्वजनिक बिदा हुने भएको छ ।
जेठ १५ गते गणतन्त्र दिवस परेकाले सार्वजनिक बिदा छ ।
सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने गरेको छ । जेठ १६ गते शनिबार र जेठ १७ गते आइतबार परेको हुनाले ती दिन पनि सार्वजनिक बिदा छ । यसरी लगातार ४ दिन सार्वजनिक बिदा परेको हो ।


















