इटहरी ।  मारवाडी समुदायबाट नेपालकी प्रीति अग्रवाल रटेरियाले विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेक्दै नयाँ इतिहास बनाउनुभएको छ ।

सन् २०२६ मे २१ को बिहान प्रीतिले अनुभवी आरोहण सहयोगी पासाङ शेर्पा र निमा थिन्दुक शेर्पाको साथमा सगरमाथाको सफल आरोहण गर्नुभएको हो ।

सन् २०२४ मा लोबुचे हिमालबाट आरोहण यात्रा शुरु गर्नुभएकी उहाँले त्यसपछि अफ्रिकाको सर्वोच्च शिखर किलिमन्जारो, नेपालको मेरा पिक र विश्वको आठौँ अग्लो हिमाल मनास्लु सफलतापूर्वक आरोहण गर्नुभएको थियो ।