केराबारीः हिजो जेठ १८ गते केराबारी गाउँपालिकाका प्रवक्ता नारायणप्रसाद भुजेलज्यूको अध्यक्षतामा पालिकाको चालु आर्थिक वर्षको कार्यप्रगति समीक्षा तथा आर्थिक वर्ष २०८३\०८४ को वार्षिक नीति तथा कार्यक्रमको प्रथमिकता बारे छलफल भएको छ ।

कार्यक्रममा केराबारी गाउँपालिकाकी उपाध्यक्ष मनमाया मगर, निवर्तमान उपाध्यक्ष शान्तिकुमारी लिम्बू भुजेल, मस्यौदा समितिका पदाधिकारीहरु, वडा अध्यक्षहरु, राजनीतिक दलका पालिका प्रमुख तथा प्रतिनिधिहरु, विषयगत शाखा प्रमुखहरुको उपस्थिति रहेको थियो ।

२ चरणमा सञ्चालन भएको कार्यक्रमको पहिलो चरणमा विषयगत शाखा प्रमुखहरु तथा दोस्रो चरणमा स्थानीय राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।