इटहरीः श्रीपाली बस्नेत समाज, कोशी प्रदेशको प्रथम अधिवेशनले अधिवक्ता सानु बस्नेतलाई प्रदेश अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

इटहरीमा सम्पन्न प्रदेश अधिवेशनले धनकुटाकी बस्नेतको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवगठित समितिको उपाध्यक्षमा सूर्यकुमार बस्नेत (संखुवासभा), सचिवमा नवीन श्रीपाली बस्नेत (तेह्रथुम), कोषाध्यक्षमा युवराज बस्नेत (सुनसरी), सहसचिवमा ईन्दिरा श्रीपाली (धनकुटा), सहकोषाध्यक्षमा पवित्रा बस्नेत (झापा) चयन हुनुभएको छ ।

११ सदस्यीय समाजको सदस्यहरुमा वासुदेव बस्नेत (मोरङ), उमेश बस्नेत (सुनसरी), भरत बस्नेत (धनकुटा), सोभित बस्नेत (सुनसरी) लगायतलाई अधिवेशनले चयन गरेको छ ।

श्रीपाली बस्नेत समाज नेपाल केन्द्रीय समितिले नेपालभरिका श्रीपाली बस्नेतलाई एकताबद्ध गर्ने रणनीति अघि सारेको जनाएको छ ।

अधिवेशनमा केन्द्रीय अध्यक्ष थमनबहादुर बस्नेतका साथै गोरखा, तनहुँ, सुर्खेत समाज एवं गैरधनकुटेली श्रीपाली बस्नेत समाजका अध्यक्ष युवराज बस्नेत लगायतले शुभकामना सन्देश दिनुभएको थियो ।

श्रीपाली बस्नेत, खबतरी बस्नेत, खुलाल बस्नेत, लामिछाने बस्नेत गरी बस्नेत थरका शाखा ४ किसिमका हुन्छन् । श्रीपाली बस्नेतका सन्तान लडाकु मानिन्छन् । ऐतिहासिक कालखण्डमा राज्यको महत्वपूर्ण सैनिक र प्रशासनिक नेतृत्वमा बसेका योद्धा अभिमानसिंह बस्नेत समेतको नेपाल एकीकरणमा ठूलो योगदान छ ।

नेपालमा हाल काठमाडौं, गोरखा, तनहुँ, बाग्लुङ सहित पूर्वमा झापा, मोरङ, सुनसरी, धनकुटा, संखुवासभा, तेह्रथुम लगायतका जिल्लामा ठूलो सङ्ख्यामा श्रीपाली बस्नेत छरिएर बसेका छन् ।