विराटचोकः यस वर्षको फिफा विश्वकप फुटबलको खेल तालिका सार्वजनिक भएको छ । सो खेलतालिका अनुसार सबै खेल नेपाली समय अनुसार रातिको समयमा परेका छन् ।

जेठ २९ गतेदेखि साउन ४ गतेसम्म खेलहरु सञ्चालन हुने भएका छन् ।

सो प्रतियोगितामा समूह ए बाट मेक्सिको, दक्षिण अफ्रिका, दक्षिण कोरिया र चेक रिपब्लिकबीच जेठ २९ गतेदेखि असार ११ गतेसम्म प्रतिष्पर्धा हुने भएको छ ।

समूह बी बाट क्यानडा, बोस्निया, स्वीट्जरल्यान्ड र कतारले जेठ ३० गतेदेखि असार ११ गतेसम्म प्रतिष्पर्धा गर्ने भएका छन् ।

समूह सी बाट ब्राजिल, मोरक्को, स्कटल्यान्ड, हाइटीबीच जेठ ३१ गतेदेखि असार ११ गतेसम्म खेल हुने भएको छ ।

समूह डी बाट अमेरिका, पाराग्वे, अष्ट्रेलिया र टर्की बीच जेठ ३० गतेदेखि असार १२ गतेसम्म खेल हुने भएको छ ।

समूह ई बाट जर्मनी, इक्वेडर, आइभरी कोष्ट, कुराकाओबीच जेठ ३१ गतेदेखि असार १२ गतेसम्म खेल हुने भएको छ ।

समूह एफबाट नेदरल्यान्ड्स, जापान, स्वीडेन, ट्युनिसियाबीच असार १ गतेदेखि असार ११ गतेसम्म खेल हुने भएको छ ।

समूह जीबाट बेल्जियम, इजिप्ट, इरान, न्युजिल्यान्डबीच असार २ गतेदेखि असार १३ गतेसम्म खेल हुने भएको छ ।

समूह एचबाट स्पेन, उरुग्वे, साउदी, केप भर्डेबीच असार १ गतेदेखि असार १३ गतेसम्म प्रतिष्पर्धा हुने भएको छ ।

समूह आईबाट फ्रान्स, सेनेगल, इराक र नर्वेबीच असार ३ गतेदेखि असार १३ गतेसम्म खेल हुने भएको छ ।

समूह जेबाट अर्जेन्टिना, जोर्डन, अल्जेरिया र अष्ट्रियाबीच असार ३ गतेदेखि असार १४ गतेसम्म प्रतिष्पर्धा हुने भएको छ ।

समूह केबाट पोर्चुगल, डीआर कंगो, उज्वेकिस्तान र कोलम्बियाबीच असार ३ गतेदेखि असार १४ गतेसम्म खेल हुने भएको छ ।

समूह एलबाट इंग्ल्यान्ड, क्रोएसिया, घाना र पानामाबीच असार ४ गतेदेखि असार १४ गतेसम्म खेल हुने भएको छ ।

नकआउट चरण अन्तर्गत राउण्ड अफ ३२ का खेल असार १५ गतेदेखि २० गतेसम्म हुने भएका छन् ।

राउण्ड अफ १६ का खेलहरु असार २० गतेदेखि २४ गतेसम्म हुने भएका छन् ।

क्वाटरफाइनलका खेलहरु असार २६, २७ र २८ गते हुने भएका छन् ।

सेमीफाइनल खेल असार ३१ र असार ३२ गते हुने भएको छ ।

तेस्रो स्थानका लागि साउन ३ गते र फाइनल खेल साउन ४ गते राति पौने १ बजे शुरु हुने भएको छ ।