विराटचोकः शून्यका विरुद्ध २ गोल गर्दै चौथो सुन्दरहरैंचा मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा केराबारीले स्थान सुरक्षित गरेको छ । हिजो भएको पहिलो सेमिफाइनल खेलमा केराबारी गाउँपालिकाले बेलबारी नगरपालिकालाई पराजित गरेको हो ।

खेलमा दुई गोल गर्ने राम बाजी खेलको म्यान अफ द म्याच घोषित हुँदै नगद ४ हजार रुपैयाँ प्राप्त गरे ।
आजको दोस्रो सेमीफाइनल खेल इटहरी उपमहानगरपालिका र बेलका नगरपालिकाबीच दिउँसो ३ बजे शुक्रबारे खेलमैदानमा हुनेछ ।