गछियाः विश्व वातावरण दिवसको अवसरमा गछिया जेसीज र लाटीझोडा साझेदारी वनको संयुक्त आयोजनामा वृक्षरोपण सम्पन्न भएको छ ।

विभिन्न प्रजातिका बिरुवा रोपेर वातावरण संरक्षण तथा हरियाली प्रवद्र्धनको सन्देश दिइएको आयोजकले जनाएका छन् । वृक्षरोपण कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि लाटीझोडा साझेदारी वनका अध्यक्ष यसोन श्रेष्ठ (मिलन) ले वन तथा वातावरण संरक्षणमा समुदायको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो ।

गछिया जेसीजका अध्यक्ष कमल ढुंगाना (कुन्दन) ले विश्व वातावरण दिवसको अवसरमा आयोजित वृक्षारोपण कार्यक्रमले वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

कार्यक्रममा गछिया जेसीजका पदाधिकारी, लाटीझोडा साझेदारी वनका प्रतिनिधि, स्थानीय समाजसेवी तथा सर्वसाधारणको सहभागिता रहेको थियो ।