काठमाडौंः आज प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रि परिषद् विस्तार गर्नुभएको छ । जसअनुसार गृहमन्त्रीमा सुधन गुरुङ र विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रीमा महावीर पुनले शपथ लिनुभएको छ ।

आज राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भएको शपथ ग्रहण समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्ष, मन्त्रीहरू र सांसदहरू पनि उपस्थित हुनुुहुन्थ्यो ।

गुरुङ यसअघि पनि गृहमन्त्री हुनुहुन्थ्यो । उहाँको सम्पत्ति विवरणको विषयमा विवाद भएपछि राजीनामा दिनुभएको थियो । सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदन सरकारले बुझेपछि गुरुङ पुनः गृहमन्त्रीमा दोहोरिनुभएको हो । यद्यपि सरकारले प्रतिवेदन भने सार्वजनिक गरेको छैन ।

जेनजी आनदोलनपछि गठन भएको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा पुन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री हुनुहुन्थ्यो । फागुन २१ को निर्वाचनअघि मन्त्री पदबाट राजीनामा दिएपछि म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारी दिएर उहाँ सांसद पदमा निर्वाचित हुनुभएको थियो ।