इटहरी ।  फिफा विश्वकप–२०२६ को चौथो खेलमा अमेरिकाले पाराग्वेविरुद्ध खेलको ७ औं मिनेटमै अग्रता लिएको छ । घरेलु मैदानमा खेल खेलिरहेको अमेरिकाले मध्यान्तरअघि ३ गोल गरेको छ ।

अमेरिकाको लस एन्जल स्टेडियममा जारी खेलमा घरेलु टोलीले पाराग्वेविरुद्ध ७ मिनेटमै आत्मघाती गोलमार्फत पहिलो अग्रता लिएको थियो ।

अमेरिकी खेलाडी स्टन म्याकेनीले गरेको प्रहार रोक्न खोज्दा पाराग्वेका डिफेन्डर डेमियन बोबाडिल्लाले हानेको बल आफ्नै गोलपोष्टमा छिरेको हो ।

त्यसपछि अमेरिकाका खेलाडीले मध्यान्तरअघि थप २ गोल गरेका थिए । मध्यान्तरपछिको खेल शुरु भएको छ ।