इटहरी । सन् २०२२ मा आयोजकको रुपमा पहिलोपटक विश्वकप फुटबल खेलेको कतारले कुनै पनि अंक जोड्न सकेको थिएन । तर ४ वर्षपछि भएको विश्वकपमा समूह चरणको पहिलो खेलमा स्वीटजरल्याण्डसँग बराबारी खेल्दै १ अंक पाएको छ ।
मध्यान्तरपछिको अतिरिक्त समयमा कतरका लागि बोउलेम खोउखीले गोल गरी फिफा विश्वकप २०२६ मा स्वीट्जरल्यान्डलाई १–१ को बराबरीमा रोकेको हो ।
क्यालिफोर्नियाको सान फ्रान्सिस्को बे एरिया रङ्गशालामा भएको खेलमा स्वीट्जरल्यान्डले खेल अवधीभर कतारलाई दबाबमा राखेको थियो ।
स्वीट्जरल्यान्डका लागि ब्रेल एम्बोलोले खेलको १७ औं मिनेटमा गोल गरेका थिए ।
कतार दोस्रो पटक विश्वकप खेल्दैछ । स्वीट्जरल्यान्डले भने १३ औं विश्वकप खेलेको छ । सन् २०२२ मा कतार समूह चरणबाट बाहिरिएको थियो भने स्वीट्जरल्याण्ड अन्तिम १६ मा पुगेको थियो ।


















