इटहरी ।  फिफा विश्वकप २०२६ को छैटौँ खेलमा पाँच पटकको विजेता ब्राजिल मोरक्कोसँग १–१ को बराबरीमा रोकिएको छ ।

खेलको २१ औं मिनेटमा मोरक्कोका इस्माइल साइबारीले गरेको जवाफ ब्राजिलका भिनिसियस जुनियरले ३२ औं मिनेटमा फर्काएर टिमलाई बराबरीको स्थितिमा ल्याएका थिए । त्यसपछि दुवै टिमले कुनै पनि गोल थप्न सकेनन् ।

आज बिहान अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको समूह सी अन्तर्गतको खेल खेल्दै गर्दा ब्राजिलले विश्वकपको पहिलो खेलको अपराजित यात्रालाई २१ खेलसम्म लम्ब्याउन सफल भएको हो । सन् १९३४ मा भएको दोस्रो संस्करणमा ब्राजिल पहिलो खेलमै स्पेनसँग पराजित भएको थियो । त्यसयता ब्राजिलले विश्वकपमा खेलेको पहिलो खेलमा १७ खेल जितेको भने ४ खेल बराबरीमा रोकिएको छ ।