इटहरी । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत भएको समूह चरणको खेलमा सन् २०१० को विश्वकप विजेता स्पेनले पहिलो पटक विश्कपमा सहभागी भएको अफ्रिकन राष्ट्र केप भर्डेसँग गोलरहित बराबरी खेलेको छ ।
अमेरिकाको एटलान्टास्थित एट्लान्टा रंगशालामा सम्पन्न खेलको निर्धारित समयसम्म दुवै टोलीले गोल गर्न सकेनन् ।
यो बराबरी खेलसँगै विश्वकपको समूह ‘एच’मा रहेका दुवै टोलीले समान एक÷एक अङ्क जोडेका छन् ।












