इटहरी । आज बिहान अमेरिकाको बोस्टन स्टेडियममा भएको फिफा विश्कप २०२६ को खेलमा नर्वेले इराकलाई ४–१ गोलअन्तरले पराजित गरेको छ ।
नर्वेको जीतमा एर्लिङ हाल्याण्डले दुई र लियो ओस्टिगार्डले एक गोल गरेका थिए । एक गोल आत्मघाती गोल भएको थियो । इराकका आयमन हुसेनले सान्त्वना गोल गरेका थिए ।
हाल्याण्डले खेलको २९ औं मिनेटमा गोल गर्दै नर्वेलाई अग्रता दिलाएका थिए । त्यसको १० मिनेटपछि इराकका हुसेनले गोल गर्दै खेललाई बराबरीमा फर्काएपछि खेल रोमाञ्चक बनेको थियो ।
खेलको ४३ औं मिनेटमा हाल्याण्डले दोस्रो गोल गरे भने ७६ औं मिनेटमा नर्वेका लियोले गोल गरे ।
मध्यान्तरको इन्जुरी समयमा आत्मघाती गोल हुँदा नर्वेले ४–१ गोलले जीत दर्ता गरेको हो । सन् १९९८ मा अन्तिम–१६ सम्म पुगेको नर्वेले २८ वर्षपछि विश्कप खेल खेलेको हो ।


















