इटहरी । मध्यान्तरपछिको अतिरिक्त समयमा घानाका कालेब यिरेन्कीले गरेको गोलको मद्दतमा घानाले फिफा विश्वकप २०२६ मा पानामालाई १–० ले हराउँदै विजयी सुरुवात गरेको छ ।
आज बिहान क्यानडाको टोरन्टो स्टेडियममा भएको समूह एलको खेलमा कालेब यिरेन्कीले निर्णायक गोल गरी १–० गोलको स्थितिमा घानाले ३ अंक जोडेको हो ।















