केराबारीः कफी खेती प्रवद्र्धन कार्यक्रम अन्तर्गत केराबारी गाउँपालिकाले किसानलाई ८ हजार कफीका बिरुवाका साथमा अन्य कृषि सामग्री वितरण गरेको छ ।
केराबारी गाउँपालिका वडा नम्बर ३ को फूलबारी कृषक समूह तथा सिंहदेवी, भोगटेनी, रामपुर र साईडाँडाका किसानलाई ५० प्रतिशत अनुदानमा ८ हजार कफीका बिरुवा, १६ वटा सिँचाइ ट्यांकी, १ हजार १०० मिटर सिँचाइ पाइप वितरण गरिएको हो ।
सामग्री वितरण कार्यक्रमको अध्यक्षता केराबारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयराम श्रेष्ठले गर्नुभएको थियो । ३ नं वडाका वडाअध्यक्ष रामचन्द्र शाहीको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा कृषि शाखा प्रमुख टेकप्रसाद बास्तोलाको पनि उपस्थिति रहेको थियो ।


















