इटहरी । दुई खेलबाट ४ अंक जोड्दै फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को खेलमा स्कटल्यान्डलाई १–० ले पराजित गर्दै मोरक्को समूहको शीर्ष स्थानमा उक्लिएको छ ।

बोस्टन स्टेडियममा भएको खेलको दोस्रो मिनेटमा इस्माइल साइबारीले गरेको गोल नै मोरक्कोको जीतका लागि निर्णायक भएको थियो । आज पराजित स्कटल्यान्ड ३ अंकसहित समूहको दोस्रो स्थानमा छ ।

मोरक्कोले नकआउट चरणमा पुग्ने सम्भावना पनि बलियो बनाएको छ ।

मोरक्कोले पहिलो खेलमा ब्राजिलसँग बराबरी खेलेको थियो । आज पराजित भएको स्कटल्याण्डले पहिलो खेलमा हाइटीलाई हराएको हुनाले उसको तीन अंक छ ।