विराटचोकः समूह ‘सी’ को दोस्रो खेलमा जीतका नतिजासँगै ब्राजिल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ ।

यो जीतसँगै ब्राजिल २ खेलबाट ४ अंक जोड्दै समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको हो ।

फिफा विश्वकप २०२६ अन्तर्गत भएको खेलमा ब्राजिलले हाइटीलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।

ब्राजिलको सहज जीतमा म्याथियस कुन्हाले दुई तथा भिनिसियस जुनियरले एक गोल गरे ।

खेलको २३ औं मिनेटमा कुन्हाले गोल गर्दै ब्राजिललाई पहिलो अग्रता दिलाए ।

त्यसपछि ३६ औं मिनेटमा कुन्हाले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए । मध्यान्तरअघिको अतिरिक्त समयमा भिनिसियसले पुनः अर्काे गोल गरेका थिए ।

मध्यान्तरपछि भने कुनै पनि समूहले गोल गर्न सकेनन् ।

ब्राजिलको २ खेलबाट ४ अंक हुँदा समान ४ अंक भएको मोरक्को गोलअन्तरका आधारमा दोस्रो स्थानमा छ । दुई खेलमा ३ अंक जोडेको स्कटल्यान्ड तेस्रो र जीतविहीन हाइटी चौथो स्थानमा छ । लगातार दोस्रो हारसँगै हाइटीको नकआउट चरणमा पुग्ने सम्भावना सकिएको छ ।