इटहरी । सान फ्रान्सिस्को बे एरिया स्टेडियममा भएको खेलमा पाराग्वेसँग १–० ले पराजित भएसँगै टर्कीए विश्वकपको समूह चरणबाट बाहिरिएको छ ।
सहआयोजक अमेरिका लगातार दोस्रो जीतसँगै एक खेल अगावै प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।
पाराग्वेका माटियास गालार्जाले खेलको दोस्रो मिनेटमा गरेको गोल नै टर्कीविरुद्धको खेलमा निर्णायक बनेको थियो ।
समूह ‘डी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको अमेरिकाको २ खेलबाट ६ अंक छ । समान दुई खेल खेलेका अष्ट्रेलिया र पाराग्वेको समान ३ अंक छ ।
सबै टोलीले एकएक खेल्न बाँकी छ ।
टर्कीएमाथि १–० को जीत निकाल्न पाराग्वेका माटियास गालार्जाले निर्णायक गोल गरका थिए । उनले खेलको दोस्रो मिनेटमा गरेको गोल नै
जीतका लागि पर्याप्त भएको थियो ।
मध्यान्तरअघिको अतिरिक्त सम समयमा मिगुएल अल्मिरोन रातो कार्ड पाएर बाहिरिएसँगै पाराग्वे १० खेलाडीमा सीमित भएको थियो ।












