इटहरी । डेनिस उन्डाभको दुई गोलमा जर्मनी लगातार दुई खेल जितेर फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।
जीतसँगै जर्मनी समूह ‘इ’ बाट ६ अंक जोड्दै एक खेल अगावै नकआउट चरणमा प्रवेश गरेको छ ।
खेलको ३० औं मिनेटमा फ्रान्क कसीले आइभरी कोस्टलाई अग्रता दिलाए पनि दोस्रो हाफमा वैकल्पिक खेलाडी उन्डाभले दुई गोल फर्काए ।
पहिलो हार बेहोरेको आइभरी कोस्ट ३ अंकसहित दोस्रो स्थानमा छ ।












