लेटाङः मोरङको लेटाङ नगरपालिका–९ नम्बर वडा कार्यालयको प्रशासनिक भवन उद्घाटनमा जग्गादातालाई सम्मान गरिएको छ ।
कार्यक्रममा लेटाङ नगरपालिकाका प्रमुख भुपेन्द्रकुमार लावतीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा लेटाङ नगरपालिकाकी उपप्रमुख कृष्णकुमारी निरौला, जनप्रतिनिधि, समाजसेवी, स्थानीयवासी लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा वडा कार्यालयको प्रशासनिक भवन निर्माणका लागि जग्गा उपलब्ध गराई महत्वपूर्ण योगदान पुर्याउने ९ जना जग्गादातालाई सम्मान गरिएको थियो । भवन निर्माणका लागि जग्गादान गर्नेमा तारानाथ भण्डारी, स्वर्गीय टीकाराम तिम्सिना, स्वर्गीय गणेशबहादुर थापामगर, लाखेन्द्र थापामगर, स्वर्गीय विष्णुलाल निरौला, घनश्याम राई, स्वर्गीय देउबहादुर सार्की, पदमबहादुर बिसंखे र कृष्णप्रसाद लुइँटेल हुनुहुन्छ ।
दाताले उपलब्ध गराएको जग्गामा निर्माण भएको वडा कार्यालय भवनको विधिवत उद्घाटन गर्दै नगर प्रमुख लावतीले विकास निर्माणमा स्थानीयको योगदान महत्वपूर्ण हुने बताउनुभयो ।














