इटहरी । लगातार दोस्रो जीतसँगै साविक उपविजेता फ्रान्स फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ ।

फिलाडेल्फिया स्टेडियममा भएको खेलमा इराकलाई ३–० ले हराउँदै फ्रान्स नकआउट चरणमा प्रवेश गरेको हो ।

खेलको १४ औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएका थिए । मध्यान्तरअघिको खेल सकिँदा भारी वर्षा भएपछि २ घन्टा खेल रोकिएको थियो ।

खेलको ५४ औं मिनेटमा एम्बाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाएका थिए ।

उस्मान डेम्बेलेले ६६ औं मिनेटमा गोल गर्दै फ्रान्सको अग्रतालाई तेब्बर बनाएका थिए ।

समूह चरणको पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले पराजित गरेको थियो ।