इटहरी । न्युयोर्कको न्यु जर्सी स्टेडियममा आज बिहान भएको खेलमा सेनेगललाई ३–२ ले हराउँदै नर्वे २८ वर्षपछि नकआउट चरण प्रवेश गरेको छ ।
नर्वेको जीतमा एर्लिङ हाल्यान्डले दुई र मार्कस होल्मग्रेन पेडरसनले एक गोल गरे । सेनेगलका इस्माइला सारले दुई गोल गरेका थिए ।
खेलको ४३ औं मिनेटमा मार्कसले गोल गर्दै नर्वेलाई पहिलो अग्रता दिलाएका थिए । नर्वेका एर्लिङ हाल्यान्ड ४८ औं मिनेटमा गोल गर्दै टोलीलाई २ गोलको अग्रता दिलाएका थिए ।
५३ औं मिनेटमा इस्माइला सारले गोल गर्दै सेनेगललाई खेल फर्काउने कोसिस गरे पनि ५८ औं मिनेटमा नर्वेका हाल्यान्डले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
मध्यान्तरपछिको अतिरिक्त समयमा इस्माइलाले व्यक्तिगत दोस्रो गोल गरेका थिए ।
यो जीतसँगै नर्वे ६ अंकसहित समूह ‘आइ’ को दोस्रो स्थानमा छ । समान ६ अंक रहेको फ्रान्स गोलअन्तरका आधारमा शीर्ष स्थानमा छ । नर्वे र फ्रान्सले नकआउट चरणमा स्थान पक्का गरिसकेका छन् ।
















