धरानः निर्माण सकिए पनि सञ्चालनमा आउन नसकेको धरान–८ स्थित धरान बस टर्मिनलको शनिबार उद्घाटन भएको छ ।
धरान उपमहानगरपालिकाका कार्यवाहक नगर प्रमुख आइन्द्रविक्रम बेघाले तीनकुने सुन्दरबस्ती जग्गा विकास क्षेत्रमा २४ करोड ८६ लाख ९ हजार रुपैयाँ लागतमा बनेको तीन तले टर्मिनल भवन सहितको स्मार्ट बसपार्कको उद्घाटन गर्नुभएको हो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्नुहुँदै कार्यवाहक नगरप्रमुख बेघाले बसपार्कको प्रभावकारी सञ्चालन र व्यवस्थापन भौतिक संरचना निर्माण भन्दा मुख्य चुनौती रहेको बताउनुभयो ।
नवनिर्मित बसपार्कको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने केही जग्गासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेकाले उक्त क्षेत्रमा निर्माण कार्य हुन सकेको छैन ।


















