इटहरी ।  विश्वकप फुटबल २०२६ मा राउण्ड अफ ३२ सम्म कुनै गोल नखाएको आयोजक मेक्सिको विश्वकपबाट बाहिरिने दोस्रो आयोजक राष्ट्र बनेको बनेको छ ।

१० खेलाडीमा समेटिएको इंग्ल्यान्ड सहआयोजक मेक्सिकोलाई ३–२ ले पराजित गर्दै फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । इंग्ल्यान्डले अब क्वाटरफाइनलमा नर्वेसँग प्रतिष्पर्धा गर्नेछ ।

मेक्सिकोको अज्टेका स्टेडियममा आज बिहान सम्पन्न खेलमा इंग्ल्यान्डका लागि जुड बेलिङहमले २ तथा कप्तान ह्यारी केनले १ गोल गरेका थिए ।

मेक्सिकोका लागि जुलियन क्विनोनेस र राउल जिमिनेजले १–१ गोल गरेका थिए ।

आयोजक टोली क्यानडा पनि अन्तिम १६ बाटै बाहिरिइसकेको छ ।