इटहरी । अमेरिकाको डलास स्टेडियममा भएको राउन्ड अफ १६ को खेलमा पोर्चुगललाई १–० ले पराजित गर्दै स्पेन फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
मध्यान्तरपछिको अतिरिक्त समयको पहिलो मिनेटमा स्पेनका मिकेल मेरिनोले गरेको गोल नै खेलको निर्णायक गोल बनेको थियो । यो हारसँगै पोर्चुगल अन्तिम १६ बाट बाहिरिएको छ ।
यसअघि सन् २०२२ को विश्वकपमा पोर्चुगल क्वार्टरफाइनलसम्म पुगेको थियो । स्पेन १६ वर्षपछि विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सन् २०१० मा विश्व च्याम्पियन बनेको स्पेन त्यसयता क्वार्टरफाइनलमा पुग्न सकेको थिएन ।
सन् २०१४ को विश्वकपमा समूह चरणबाटै बाहिरिएको स्पेन २०१८ र २०२२ को विश्वकपमा अन्तिम १६ मा रोकिएको थियो ।


















