इटहरी । फिफा विश्वकप २०२६ अन्तर्गत अमेरिकाको सियाटल स्टेडियममा मंगलबार बिहान भएको खेलमा घरेलु टोलीलाई ४–१ को फराकिलो अन्तरले पराजित गर्दै बेल्जियम क्वार्टरफाइनलमा पुगेको छ ।
बेल्जियको जीतमा चाल्र्स डे केटलेरले दुई, हान्स भानकेन र रोमेलु लुकाकुले एकएक गोल गरेका थिए ।
खेलको नवौं मिनेटमा चाल्र्स डे केटलेरले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३१ औं मिनेटमा मलिक टिलम्यानले फ्रिकिकमार्फत गोल गर्दै अमेरिकालाई बराबरीमा फर्काएका थिए ।
पुनः दुई मिनेटमै बेल्जियमका केटलेरले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई अगाडि बढाएका थिए । खेलको ५७ औं मिनेटमा भानकेनले तेस्रो गोल गरेका थिए भने मध्यान्तरपछिको खेलको अतिरिक्त समयमा लुकाकुले गोल गर्दै बेल्जियमलाई ४–१ को जीत दिलाएका थिए ।


















